FAQs Complain Problems

समाचार

काठमाडौ महानगरपालिकाको अन्तराष्ट्रिय सम्बन्ध

काठमाडौ महानगरपालिकाको अन्र्तराष्ट्रिय सम्बन्ध तथा मामिलाको लागि प्रमुखको मातहत अन्र्तराष्ट्रिय सम्बन्ध सचिवालय रहेको छ । यस सचिवालय औपचारिक रुपमा  भगिनी सम्बन्ध स्थापित भएका तथा यस महानगरपालिका सदस्य रहेको विभिन्न अन्र्तराष्ट्रिय संगठनहरुसंगको सम्बन्धलाई निरन्तर प्रगाढ बनाउन र अन्र्तराष्ट्रियस्तरको सम्बन्धहरुलाई बढाउन निरन्तर क्रियाशिल रहन्छ । यस्तै यस सचिवालयले महानगरपालिकामा कार्यरत कर्मचारीहरु तथा नगरबासीहरुको लागी अन्र्तराष्ट्रियस्तरका कार्यशाला, सेमिनार, अध्ययन भ्रमण, तालिम र क्षमता विकास जस्ता कार्यको लागी खोजी गर्ने, प्राप्त अवसहरु उपलब्ध गराउने र अवसरहरु प्राप्तीका लागी पहलगर्ने कार्यहरु समेत गर्ने गर्दछ ।

हालसम्म भगिनी सम्बन्ध स्थापित भएका अन्र्तराष्ट्रिय शहरहरु

१.युजेन शहर, संयुक्त राज्य अमेरिका

२.रोचेस्टर शहर, संयुक्त राज्य अमेरिका

३. मात्सुमोतो शहर, जापान

४.सियान् शहर, जनवादी गणतन्त्र चीन

५.मिन्सक शहर, बेलारुस

६.यंगुनु शहर, बर्मा

७.पेङवाङ शहर, जनवादी गणतन्त्र उत्तर कोरिया

८.ल्हासा शहर, जनवादी गणतन्त्र चीन

९.सेन्जेन शहर, जनवादी गणतन्त्र चीन

१०.वाराणासी शहर, गणतन्त्र भारत

११.लान्जाउ शहर, जनवादी गणतन्त्र चीन

१२.सोल शहर, गणतन्त्र कोरिया (दक्षिण कोरिया)

१३.चेङ्गदु शहर, जनवादी गणतन्त्र चीन

१४.फ्रेडरिकबर्ग शहर, संयुक्त राज्य अमेरिका

१५.बोल्डर शहर, संयुक्त राज्य अमेरिका

१६‍ नाजिङ्, चिन

भगिनी सम्बन्ध स्थापनका लागि प्रकृयामा रहेका अन्र्तराष्ट्रिय शहरहरु

१.बैङकक शहर,थाईल्याण्ड

 २ . इस्लामाबाद, पाकिस्तान

काठमाडौ महानगरपालिका सदस्य रहेका अन्र्तराष्ट्रिय संगठनहरु

१.मानव बन्दोबस्त व्यवस्थापनको लागी स्थानीय सरकारको क्षेत्रीय संजाल (City Net), साेल दक्षिण काेरिया

२.विश्व सम्पदा शहरहरुको संगठन (OWHC), मन्टेरल, क्यानडा

३.सयुक्त शहरहरु र स्थानीय सरकारहरुको संगठन(CLG) बार्सिलोना, स्पेन

४.स्थानीय वातावरणको दिगो व्यवस्थापनको लागी अन्र्तराष्ट्रिय परिषद,(ICLEI), टोरन्टो

ऐतिहासीक शहरहरुको संघ,(LHC), टोकियो, जापान

६.मुख्य महानगरहरुको विश्व संस्था,बार्सिलोना, स्पेन

७.विशाल शहरहरुको दिगो भुकम्पीय जोखिम व्यवस्थापन संस्था, हवाई, संयुक्त राज्य अमेरिका

८.विश्व पर्यटन शहरहरुको महासंघ, बेजिङ, चीन

गतिविधि

१ काठमाडाै महानगरपालिका  , CityNet Yokohama र  city of Yokohama काे सहकार्यमा जनवरी १७ र १८ मा Workshop on Preparation Manual on Building Construction स‌म्बन्धी कार्यशाला काठमाडाैमा स‌म्पन्न भयाे ।

२   आज मिति २०७५।१०।२८ गते काठमाडाै महानगरपालिकाका प्रमुख  श्री बिध्या सुन्दर शाक्यलाइ उहाँकै कार्यकक्षमा WANG SHUFEN, vice chairwoman  and  member standing Committee   of People Congress of Yunnan Province का प्रतिनिधि मण्डलले भेट गर्याे ।

३.काठमाडौ महानगरपालिकाका प्रमुखको निमन्त्रणमा २०७६ भाद्र २७ गते  काठमाडौ महानगरमा मनाइने महत्वपुर्ण पर्बमध्यको इन्द्रजात्राको अबसरमा काठमाडौ महानगरपालिको भगिनी संम्बन्ध भएका बिभिन्न शहरबाट आउनु भएका पाहुनाहरुले काठमाडौ महानगरपालिको बिभिन्न स्थानको अबलोकन भ्रमण गर्नु भएको थियो । साथै उहाँहरुले ललितपुर,भक्तपुर र चन्द्रागिरीको समेत भ्रमण गर्नु भएको थियो सो अबसरमा संम्बन्धीत नगरपालिका प्रमुख तथा पदाधिकारीहरुबाट स्वागत गर्नु भएको थियो । 
 

बिधुतीय ठेगाना

mayor@kathmandu.gov.np