Cultural City, Kathmandu Metropolitan City

Online tax payment

Cultural City, Kathmandu Metropolitan City

Kathmandu Metropolitan City
Office of Municipal Executive, Bagmati Province
Labor Bank Form Free Health Camp City Hall Booking System Online Application Portal

News

काठमाडौं महानगरको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई

Source -https://metronews.kathmandu.gov.np/

काठमाडौँ महानगरबासीले पूर्वाधार निर्माणमा भन्दा उपलब्ध अवस्थाको व्यवस्थापकीय पक्ष सुधारमा जोड दिएका छन् । आज राष्ट्रिय सभा गृहमा सम्पन्न दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले लिखित र मौखिकमार्फत यस्ता अपेक्षा गरेका हुन् ।

प्रश्नकर्ताले दिएका सुझाव तथा सोधेका प्रश्नहरुहरुमा, सडक पेटी पैदल यात्री मैत्री बनाउनु पर्ने, पार्किङ् व्यवस्थापनबाट सहरी गतिशीलता बढाउनु पर्ने, फोहोर संकलन र व्यवस्थापन दिगो हुनु पर्ने, विकास निर्माण र सुविधा वितरणमा काम गर्ने सरकारी कार्यालय बिच समन्वय गर्नुपर्ने लगायत विषयसँग सम्बन्धित छन् । यस्तै पूर्वाधार निर्माण गर्दा मौलिकता जोगाउँदै समावेशी र अपाङ्मैत्री संरचनामा ध्यान दिनुपर्ने लगायत बिषयमा केन्द्रीत छन् ।  खुल्ला मञ्च व्यवस्थापनको योजना के हो? सामुदायिक कुकुर व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ? जस्ता चासो अभिव्यक्त भएका छन् ।

महामारी नियन्त्रणलगायत सहरी स्वास्थ्य प्रवर्धन, सामाजिक सुरक्षा, प्रकोप व्यवस्थापन, सेवा प्रवाह र कार्यालय सञ्चालन प्रणालीका विषयमा सेवाग्राहीको प्रश्न थियो । सार्वजनिक स्थलहरुमा नागरिकको सुरक्षा, सरल र पहुँचयुक्त सार्वजनिक यातायात, तार, होर्डिङ् बोर्ड र डिजिटल बोर्डको व्यवस्थापनमा सेवाग्राहीको चासो छ ।

नागरिकका प्रश्न सुनिसकेपछि सुनुवाई कार्यक्रमको अध्यक्षता गरिरहनुभएकी महानगरकी उपप्रमुख सुनिता डंगोलले, सेवाग्राहीसँगको दोहोरो संवादबाट सुशासन र सेवाको पारदर्शितामा टेवा पुग्ने आशा व्यक्त गर्नुभयो । ‘जनप्रतिनिधिको मुख्य दायित्व जनताको सेवा गर्नु हो । हामी यसप्रति प्रतिवद्ध छौँ ।’ उपप्रमुख डंगोलले नेपाल भाषाको पाठ््यपुस्तक अझै सरल बनाउनु पर्ने जिज्ञासाको उत्तरमा भन्नुभयो, ‘ती पाठ््यपुस्तकबाट भाषा पढाउनेभन्दा काठमाडौँको मौलिकतालाई आम नागरिकको जानकारीमा पु¥याउने लक्ष्य राखिएको बताउनुभयो ।’

सुनुवाईका प्रमुख उत्तर दिने अधिकारी एवं काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, सहरी विकास र सुविधा वितरणका लागि धेरै निकाय भएकोले महानगर एक्लैको प्रयासले सोचेको जस्तो उपलब्धी नदेखिने बताउनुभयो । ‘असरल्ल तार काट्ने र अनावश्यक झिकेर जोडिदिने गरिएको छ । होर्डिङ् बोर्ड हटाउने कामलाई तीब्र बनाइएको, सार्वजनिक यातायात प्रणाली र पार्किङ् सुविधालाई व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।’

हामी विश्वाश, विचार र विकासको रणनीतिमा काम गरिरहेका छौँ । प्रवक्ता ननिव मानन्धरले भन्नुभयो, ‘नागरिकको विश्वाश जितेका छौँ । कार्य काल सुरु भएको १ बर्ष हुन लागेको छ । अहिले नागरिकको विचार बुझ्ने काम गरिरहेका छौँ । यसरी प्राप्त विचारका आधारमा विकास गर्नेछौँ ।’

सहरी सुरक्षा, मौलिकताको प्रवर्धन र विकास निर्माण सँगै स्वास्थ्य शिक्षा र रोजगारीलाई प्राथमिकता दिइएको प्रवक्ता मानन्धरको भनाइ छ ।

महानगरको योजना योजना वैङ्क भएका कार्यक्रम, वडाले सम्पादन गर्ने काम, सेवा लिन जाँदा सेवाग्राहीप्रति गरिने व्यवहार प्रश्नकर्ता अनुभवका रुपमा सोधिएका थिए ।

सुनुवाई सुरु गर्नुअघि स्वतन्त्र अनुसन्धानकर्ता सुरेन्द्र महतोले नागरिक प्रतिवेदनपत्र र बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गर्नु भएको थियो । महानगरका १५० जना सेवाग्राहीसँग सेवा सन्तुष्टि, सेवाको नियमितता, पूर्वाधार र सरसफाइ, पारदर्शितालगायत शीर्षकमा सोधिएका प्रश्न जवाफमा आधारित नतिजा आएको छ । सोधिएका प्रश्नमा नागरिकले दिएको उत्तरलाई नागरिक प्रतिवेदन पत्रका रुपमा प्रस्तुत गरिएको थियो । त्यसै गरी सेवा लिएर कार्यालयबाट बाहिर निस्कने सेवाग्राहीलाई सेवा कति सहजतापूर्वक प्राप्त भयो भनेर सोधिएको प्रश्नबाट प्राप्त भएको जवाफ समेटेर बहिर्गमन अभिमतको परिणाम तयार पारिएको थियो ।

यी प्रतिवेदनमा धेरै उत्तरकर्ताहरु तटस्थ देखिएका छन् ।

सेवा लिन जाँदा सूचना पर्याप्त प्राप्त गरेको, कम समयमा नै सेवा प्राप्त हुने गरेको, खोजेको कागज तुरुन्तै पाइने गरेको बहिर्गमन अभिमतले देखाएको परिणाम हो ।

toto
toto
situs toto
toto
situs togel
toto
slot
slot
slot
toto 4d
toto
slot