FAQs Complain Problems

समाचार

सूचना र परिपत्र

श्री स्वास्थ्य क्लिनिक (सबै), निःशुल्क PCR परीक्षण सम्बन्धमा ।

Post date: Monday, November 23, 2020 - 16:19

काठमाडौ महानगरपालिकाको अत्यन्त जरुरी सुचना

विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण मानव जीवनमा गंभिर संक्रमण देखा परेको छ । संवत २०७६ चैत्रवाट कोभिड १९ को संक्रमण फैलन नदिन लकडाउन भए पश्चात काठमाडौ महानगरपालिका केन्द्रिय कार्यालय तथा वडा कार्यालयहरुवाट राहत वितरण , भोजन सेवा तथा संक्रमण रोकथाम तथा वडा कार्यालयहरुवाट राहत वितरण, भोजन सेवा तथा संक्रमण रोकथामका लागि व्यापक रुपमा कार्य सम्पादन गरिएको कुरा सर्वविदितै छ । हाल कोरोना भाइरसको संक्रमण यथावत रहेतापनि नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालना गरी दैनिकी संचालन भैरहेको  छ । अर्थात काठमाडौमा अहिले लकडाउन वा निषेधाज्ञा कायम छैन । जनजीवन सामान्य रुपमा सुसन्चालन भएपनि कोभिड १९ को प्रभाव र असर भने सवै किसिमका व्यवसाय र दिनचर्यमा कायमै छ । लकडाउन भएदेखि नै काठमाडौ महानगरपालिकाको घोषित नीति “भोकै कोही पर्दैन, भोकले कोही मर्दैन” र “काठमाडौ मानवियताको नगर” अनुरुप आफ्नो स्रोत, साधन र सामाथ्र्यले भ्याएसम्म राहत वितरण, सामुहिक भोजन सेवा, संक्रमण नियन्त्रण तथा रोकथामका कार्यहरु संचालन गर्दा विभिन्न सरकारी निकाय, संघ संस्था, कार्यालय तथा समाजसेवीवाट भएको सेवा प्रति काठमाडौ महानगरपालिका धन्यवाद ज्ञापन गर्दछ ।  
सार्वजनिक यातायात नचलेको र लकडाउनका कारण आवत जावत कम भएको अवस्थामा यस कार्यालय समेतको सहयोग, समन्वय र सहकार्यमा खुलामन्च समेतको खुल्ला स्थानहरुमा भोजन सेवा सुचारु गरिएको हो । हाल सार्वजनिक यातायात सुचारु भएको, सार्वजनिक स्थलहरुमा भिडभाड वढेको, स्वास्थ्य मापदण्ड कार्यान्वयनमा समेत जटिलता पैदा भएको हुँदा निम्नानुसारको कार्य गर्ने काठमाडौ महानगरपालिकाको योजना रहेको व्यहोरा आम जनसमुदायलाई जानकारी गराउँदै कार्यान्वयनका लागि हातेमालो गर्न काठमाडौ महानगरपालिका हार्दिक आहन गर्दछ । 
१. कोभिड १९ का कारण रोजगारी गुमाएका श्रम गर्न सक्ने महानगरवासीलाई जिवन निर्वाहको लागि पारिश्रमिक कार्यविधि, २०७७ वमोजिम रोजगारी उपलब्ध गराइने भएकाले आफू बसोवास गर्ने क्षेत्रको वडा कार्यालयमा सम्पर्क गर्न सूचित गरिन्छ ।
२. महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारिरिक रुपमा काम गर्न नसक्ने महानगरवासीले काठमाडौ महानगरपालिकाको सहकार्यमा संचालित मानव सेवा आश्रममा खान, वस्न तथा स्वास्थ्य उपचारको सुविधा उपलब्ध भएकाले नजिकका वडा कार्यालय वा सिधै मानव सेवा आश्रममा सम्पर्क गर्न अपिल गर्दछौं ।
३. स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना र सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने हेतुले सार्वजनिक स्थल, खुला क्षेत्रमा भोजन सेवा आगामी २०७७ मंसिर २ गतेवाट वन्द गर्ने निर्णय भएकोले अन्य वन्द संरचनाभित्र स्वास्थ्य मापदण्ड परिपालना गरी भोजन सेवा संचालन गर्न सवै सामाजिक संघ संस्थालाई अनुरोध छ । यस कार्यमा काठमाडौ महानगरपालिका तथा वडा कार्यालयवाट आवश्यक समन्वय तथा सहयोग हुनेछ । 
 

Post date: Friday, November 13, 2020 - 10:58

श्री सहकारी, का.म.पा. क्षेत्र (सबै), साधारण सभा सम्पन्न गरी काठमाडाैं महानगरपालिकामा प्रतिवेदन पेश गर्ने सम्बन्धमा ।

Post date: Friday, November 6, 2020 - 12:58

श्री वडा कार्यालय (सबै), निःशुल्क कोभिड परीक्षण र उपचार सम्बन्धमा

Post date: Monday, November 2, 2020 - 05:48

Pages