समाचार
घर बाटो प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव / सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
मूल सडक - प्रति आना ५००, सहायक पिच सडक - प्रति आना ४००, कच्ची मोटर वाटो -प्रति आना ३००, गोरेटो बाटो र बाटो नभएको - प्रति आना २००
आवश्यक कागजातहरु:
१) निवेदन ( बाटोको नाम, टोल समेत खुलाउने ) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणीत सक्कल नक्सा
४ ) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५) लिने दिने दुवै व्यक्ति नागरीकताका प्रमाणपत्रको प्रमाणपत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी
६) स्थलगत निरिक्षण प्रतिवेदन
प्रक्रिया:
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने