समाचार
घर जग्गा नामसारी शिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव / सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
१०००
आवश्यक कागजातहरु:
१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२)निवेदकको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षि बस्नेको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
प्रक्रिया:
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
७) कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिईनेछ ।